Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पार्टीमा देखिएको समस्या समाधान गर्न राप्रपाका तीनै अध्यक्ष सहमत

    पार्टीमा देखिएको समस्या समाधान गर्न राप्रपाका तीनै अध्यक्ष सहमत

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । पार्टी एकता प्रक्रियामा देखिएकाे उल्झन टुङ्ग्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षत्रय सहमति मा पुगेका छन् ।

    बुधबार अध्यक्षत्रय पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाबीच राणाको निवास महाराजगञ्जमा बसेको बैठकले सहमति र समझदारीबाटै पार्टी एकतालाई पूर्णता दिने सहमति भएको हो ।



    अध्यक्ष कमल थापाले अध्यक्षत्रयको बैठकले पार्टी एकता अक्षुण्ण राख्ने प्रतिबद्धता गरेको ट्वीटमार्फत जानकारी दिएका छन् ।



    राप्रपामा निर्वाचन आयोगमा दल दर्ता र चुनाव चिन्ह के राख्ने भन्नेमा विवाद छ । पार्टी एकता हुँदा थापा नेतृत्वको राप्रपाको चिन्ह ‘गाई’ र राणा–लोहनी नेतृत्वको राप्रपा संयुक्तको चुनाव चिन्ह ‘हलो’ कायम थियो । अहिले राप्रपामा पार्टी एकता हुँदा थाती राखिएको चुनाव चिन्हमा फेरि विवाद बल्झिएको हो ।

    राप्रपाका दुई समूहबीच एकीकरण भइसकेपनि चुनावचिन्ह टुङ्गो नलग्दा निर्वाचन आयोगमा एकीकरणपछिको दल दर्ता प्रक्रिया टुङ्गोमा पुगेको छैन । फागुन २९ गते तीन राप्रपाबीच एकता भएको थियो । त्यसको पाँच दिनअघि एकताको आधारपत्रमा हस्ताक्षर भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार