Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मृत्यु भएका व्यक्तिको पीसीआर परीक्षण नगर्न सरकारकाे निर्देशन

    मृत्यु भएका व्यक्तिको पीसीआर परीक्षण नगर्न सरकारकाे निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 3K
    SHARES

    काठमाडौं । सरकारले मृत्यु भएका व्यक्तिहरूको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्यु भए पीसीआर नगराउने निर्णय गरेको प्रक्वता डा.प्रा जागेश्वर गौतमले बताए ।



    कोरोना संक्रमणको जस्तै लक्षण देखिएका व्यक्तिको मृत्यु भएमा स्वाब संकलन गरेर परीक्षण हुने गरेको थियो । प्रा.डा. गौतमले अबदेखि शवबाट नमुना निकाली कोरोना परीक्षण नगर्न र नगराउन आग्रह गरे ।



    शकांस्पद मानिसको मृत्यु भएमा शव व्यवस्थापन गर्ने सबै मानिसलाई सावधानी अपनाउन र सम्पर्कमा आएकाहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्न उनले आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार