Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • काठमाडाैं उपत्यकामा थपिए ७३७ कोरोना संक्रमित

    काठमाडाैं उपत्यकामा थपिए ७३७ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको अध्यावधिक विवरणअनुसार काठमाडौंमा ६५२ ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    यसैगरी बितेको २४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार ५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो ।



    यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।



    यस्तै बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएका छन् । उनका अनुसार हालसम्म संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार