Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पछिल्लाे २४ घण्टामा थपिए १ हजार ५३९ काेराेना संक्रमित, १ हजार ६८ जना डिस्चार्ज

    पछिल्लाे २४ घण्टामा थपिए १ हजार ५३९ काेराेना संक्रमित, १ हजार ६८ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपालमा बुधबार थप १ हजार ५३९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    बुधबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको मन्त्रालयले जनाएकाे छ ।



    यस्तै बितेको २४ घण्टामा १ हजार ६८ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ४१ हजार ७०६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ ।



    यस्तै पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३७९ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार