अस्पतालबाट बन्धनमुक्त भए सदा दम्पती::Best Online News Portal of Nepal

अस्पतालबाट बन्धनमुक्त भए सदा दम्पती

अस्पतालबाट बन्धनमुक्त भए सदा दम्पती

अनलाइन नेपाल
  • बुधबार, भदौ ३१, २०७७

  • 1.1K
    SHARES

  • अस्पतालबाट बन्धनमुक्त भए सदा दम्पती

    काठमाडौं । उपचार खर्च तिर्न सक्दा दुई महिनादेखि अस्पतालमा बन्धक बनाइएका सप्तरीका २ जना बन्धन मुक्त भएका छन् ।

    छिमेकीको कुटाइबाट घाइते बनेका उनीहरुले उपचार खर्च जुटाउन नसक्दा विराटनगरको गोल्डेन अस्पतालमा बन्धक भएका शिवचन्द्र सदा र मिलयादेवी सदा बन्धन मुक्त भएका हुन् ।

    प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको पहलमा उनीहरु मंगलबार दिउँसो अस्पतालबाट घर फर्किएका हुन् । उपचार खर्चवापतको १ लाख २५ हजार ८ सय रुपैयाँ तिर्न नसक्दा सप्तरीको अग्निसाइर कृष्ण सावरन गाउँपालिका-६ का उनीहरुलाई अस्पतालले घर जान दिएको थिएन ।

    प्रदेश २ का मुख्य न्यायाधिवक्ता झाले अस्पतालमा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र उनीहरुलाई घरसम्मको एम्बुलेन्स खर्चको पनि व्यवस्थापन गरिएको जानकारी दिए ।

    ‘प्रदेश २ को सरकारले एक लाख पचास हजार दिने निर्णय गत बिहीबार नै गरेको थियो । प्रक्रियामा ढिलाई भयो, यसकारण क्षमाप्रार्थी छु’ उनले भनेका छन् । सदा दम्पत्तिमाथि कुटपिट गर्ने दीना साह भने तारेखमा छुटिसकेका छन् ।

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार