Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जापानको नयाँ प्रधानमन्त्रीमा सुगा निर्वाचित

    जापानको नयाँ प्रधानमन्त्रीमा सुगा निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 2.9K
    SHARES

    एजेन्सी । जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। जापानको संसदमा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

    जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उनले संसदमा भएको निर्वाचनमा अत्यधिक मत पाएका हुन्। किसानको छोरा सुगा अहिले ७१ बर्षको भएका छन्। उनी सन् १९९१ मा प्रधानमन्त्री बनेका भएका किचि मियाजावापछि सवैभन्दा पाको उमेरको प्रधानमन्त्री भएका हुन् ।



    प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि उनले देश र जनताको लागि काम गर्न आफु सँधै प्रतिबद्ध रहेको बताए । “मेरो लगाव सवै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु,” उनले भने ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार