कुलमानको पक्षमा ठाउँ-ठाउँमा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा प्रहार::Best Online News Portal of Nepal

कुलमानको पक्षमा ठाउँ-ठाउँमा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा प्रहार

कुलमानको पक्षमा ठाउँ-ठाउँमा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा प्रहार

अनलाइन नेपाल
  • बुधबार, भदौ ३१, २०७७

  • 1.4K
    SHARES

  • कुलमानको पक्षमा ठाउँ-ठाउँमा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा प्रहार

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणबाट हालै मात्र अबकाश पाएका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएका छन् ।

    घिसिङलाई प्राधिकरणमा दोहोर्‍याउनुपर्ने मागसहित काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएकालाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ।

    पानीको फोहोरा प्रहारपछि प्रदर्शनमा आइपुगेकाहरु तितरवितर भएका छन्।

    देशमा लोडसेडिङ हटाएर चर्चा बटुलेका घिसिङलाई सरकारले फेरि नियुक्ति नगरेको भन्दै जनताको आक्रोश सडकमै देखिएको छ । बुधबार बिहान उपत्यकाका ठाउँ ठाउँमा सरकारविरुद्ध प्रदर्शन भएका छन् । बौद्ध, कालिमाटी लगायतका ठाउँमा पनि सर्वसाधरणले प्रदर्शन गरेका छन् ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार