Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलमानको पक्षमा ठाउँ-ठाउँमा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा प्रहार

काठमाडौं। नेपाल विद्युत प्राधिकरणबाट हालै मात्र अबकाश पाएका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएका छन् ।

घिसिङलाई प्राधिकरणमा दोहोर्‍याउनुपर्ने मागसहित काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएकालाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ।

पानीको फोहोरा प्रहारपछि प्रदर्शनमा आइपुगेकाहरु तितरवितर भएका छन्।

देशमा लोडसेडिङ हटाएर चर्चा बटुलेका घिसिङलाई सरकारले फेरि नियुक्ति नगरेको भन्दै जनताको आक्रोश सडकमै देखिएको छ । बुधबार बिहान उपत्यकाका ठाउँ ठाउँमा सरकारविरुद्ध प्रदर्शन भएका छन् । बौद्ध, कालिमाटी लगायतका ठाउँमा पनि सर्वसाधरणले प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077