प्याजमा कालाेबजारी गर्ने बल्खुका ४ व्यापारी पक्राउ::Best Online News Portal of Nepal

प्याजमा कालाेबजारी गर्ने बल्खुका ४ व्यापारी पक्राउ

प्याजमा कालाेबजारी गर्ने बल्खुका ४ व्यापारी पक्राउ

अनलाइन नेपाल
  • बुधबार, भदौ ३१, २०७७

  • 1.1K
    SHARES

  • प्याजमा कालाेबजारी गर्ने बल्खुका ४ व्यापारी पक्राउ

    काठमाडौं । काठमाडौंको बल्खुस्थित तरकारी बजारमा प्याजमा कालाेबजारी गर्ने चारजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

    आज बिहान मात्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको टोलीले बल्खुलगायत विभिन्‍न तरकारी बजारको अनुगमन गरेको थियो ।

    अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १२० रुपैयाँमा बेचेको पाइएपछि व्यापारीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार