Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • १३ लाख लुट्ने थुनुवाको समूहलाई कोरोना संक्रमण पुष्टि

    १३ लाख लुट्ने थुनुवाको समूहलाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ । कपन स्थित आनी गुम्बा नजिक सस्तोमा सुन किन्न बोलाएर १३ लाख ५० हजार लुटपाट गर्ने समूहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    बुढानिलकण्ठ नगरपालिका–११ मा उदयपुर चौदण्डीका निराहाङ राईलाई भदौ १८ को साँझ ५ जनाको समूहले लुटेका थिए । लुटपाटको उजूरीपछि महानगरीय अपराध महाशाखा र वृत बौद्धको टोलीले उनिहरुलाई पक्रेर हिरासतमा राखेको थियो ।



    पक्राउ पर्नेमा सिन्धुपाल्चोकका चारजना र सर्लाहीका १ जना छन् । संक्रमण पुष्टि भएपछि आरोपीलाई जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको आइसोलेशनमा भर्ना गरिएको छ ।



    थुुनुवा बाहेक, महानगरीय प्रहरी वृत बौद्धका १६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित प्रहरीलाई नेपाल प्रहरी अस्पतालको आइसोलेशनमा राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार