Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेकाे आरोपमा तीन जना पक्राउ

    १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेकाे आरोपमा तीन जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३० भाद्र २०७७
  • 4.2K
    SHARES

    फाइल तस्विर

    ओखलढुङगा । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

    पीडित पक्षले प्रहरीमा दिएको जाहेरीका आधारमा ओखलढुङगाकाे चम्पादेवी गाउँपालिका-९ ओख्रेनी १४ र १६ वर्षका दुई बालक र १८ वर्षका एक किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए ।



    उनका अनुसार तीन जना मिलेर बालिकालाई भदौ २४ गते सामुहिक बलात्कार गरेको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ ।



    गत बुधबार बेलुका ती किशोरीलाई सडक छेउको कोदो बारीमा लगेर बलात्कार गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी चुप्लुघोराखोरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार