Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नयाँ भर्नाका लागि स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई नयाँ भर्नाका लागि बाटाे खुलेकाे छ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ भर्नाका लागि स्वीकृति दिने निर्णय गरेसँगै नयाँ भर्नाकाे बाटाे खुला भएकाे हाे ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्टमन्त्री प्रदीप ज्ञवालीले बताए ।

गत चैत अगाडि लिखितको नतिजा सार्वजनिक भएका जवानहरुको अन्तरवार्ता लिन बाँकी रहेको, नेपाल प्रहरीको परीक्षा प्रक्रियामा गइसकेकाहरुको भर्ना र नयाँ भर्ना खोल्न बाँकी रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले जानकारी दिए ।

उनले भने– ‘लकडाउन जारी भएपछि परीक्षामा उर्तिण जवानहरुको अन्तरवार्ता लिने काम रोकिएको छ । इन्सपेक्टरको परीक्षाका लागि पनि फर्म भरेका छन् । उनीहरुको पनि कसैको जाँच भयो कसैको बाँकी छ । इन्सपेक्टरको परीक्षा सुरु मात्र गरेको थियो, लकडाउन भइहाल्यो । सिपाहीको लिखित परीक्षा सकेर अन्र्तवार्ता लिन बाँकी थियो ।’

प्रहरीमा वार्षिक रुपमा नियमित खोल्नुपर्ने भर्नाको कार्यक्रम पनि बाँकी रहेको छ । प्रत्येक बर्ष कोटाका आधारमा सिपाई, असई, इन्सपेक्टरको भर्ना खोल्न बाँकी रहेको प्रवक्ता कठायतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077