Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • लामो दुरीको यातायात बिहीबारदेखी सञ्चालन गर्न अनुमति, ५० प्रतिशत भाडा बढ्यो

    लामो दुरीको यातायात बिहीबारदेखी सञ्चालन गर्न अनुमति, ५० प्रतिशत भाडा बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, ३० भाद्र २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । सरकारले लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालन गर्न अनुमति दिएकाे छ ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।



    यस्तै व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर भाडा लिन सक्ने सरकारले जनाएकाे छ । साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने मन्त्री ज्ञवालीले जानकारी दिए ।



    त्यस्तै,सरकारले असोज १ देखि अन्तर्राष्ट्रिय हवाई उडान पनि खुला गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेकाे ज्ञवालीले जानकारी दिए ।

    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले हवाई उडान सञ्चालनका लागि संस्कृति प्रर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नियमित तथा चार्टर उडानको विमानस्थलको अवस्था हेरेर अनुमति दिने व्यवस्था गरिएको जानकारी दिए ।

    अन्तर्राष्ट्रिय उडानका लागि यात्रुहरुले ७२ घण्टाभित्र गरिएको पीसीआर परिक्षणको नेगेटिभ रिर्पोट हुनुपर्ने व्यवस्था गरिएको छ ।

    यस्तै, पर्यटकहरुका लागि ७२ घण्टाभित्रको पीसीआर रिर्पोट नेगेटिभका आधारमा कार्तिक १ देखि हिमाल आरोहण तथा पदयात्राका खुला गर्ने निर्णय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार