Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टीभित्रको मतभेद सहमतिबाट टुंग्याउनुपर्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीभित्र देखिएकाे मतभेद सहमतिबाट टुँग्याउनु पर्नेमा जोड दिएका छन् ।

मंगलबार एक ट्वीट गर्दै अध्यक्ष थापाले पार्टीभित्र देखिएकाे विवाद र चित्त नबुझेका कुरा सहमतिबाटै टुंग्याउनुपर्नेमा जोड दिएका हुन् ।

धर्म, संस्कृति विरुद्धको आक्रमण, ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी समृद्ध नेपाल बनाउन देशले वैकल्पिक विचार बोकेको शक्ति खोजेको पनि थापाको भनाइ छ ।

उनले ट्वीटरमा लेखेका छन्–‘धर्म र संस्कृति विरुद्धको आक्रमण, ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी सम्वृद्ध नेपाल बनाउन देशले वैकल्पिक विचार बोकेको शक्ति खोजेको छ । यही आवश्यकता पूरा गर्न राप्रपाको एकता भएको हो ।

https://twitter.com/KTnepal/status/1305763163531476992

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077