Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काेराेनाबाट आज थप ११ जनाकाे मृत्यु, मृतककाे संख्या ३७१ पुग्याे

    काेराेनाबाट आज थप ११ जनाकाे मृत्यु, मृतककाे संख्या ३७१ पुग्याे

    अनलाइन नेपाल
  • मंगलबार, ३० भाद्र २०७७
  • 1.9K
    SHARES

    काठमाडाैं । नेपालमा मंगलबार काेराेना भाइरसकाे संक्रमणबाट थप ११ जनाकाे मृत्यु भएकाे छ ।

    याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३७१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।





    यसअघि सोमबार हिजो १५ जनाको कोरोनाका कारण ज्यान गएको थियो । यसैगरी आइतबार ९ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

    यस्तै नेपालमा मंगलबार थप १ हजार ४५९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार