Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कीर्तिपुर हत्याबारे निष्पक्ष छानविन र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरिता गिरीको माग

    कीर्तिपुर हत्याबारे निष्पक्ष छानविन र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरिता गिरीको माग

    अनलाइन नेपाल
  • मंगलबार, ३० भाद्र २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । पूर्व सांसद सरिता गिरीले घर भाडाको निहुमा कीर्तिपुरमा भएको शम्भु चौधरी (महतो) को हत्याबारे निष्पक्ष छानविन र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेकी छन् ।

    मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले घरधनीको आक्रमणबाट घाइते चौधरीको उद्दारमा प्रहरीले ढिलाई गर्दा उनको मृत्यु भएको भन्दै उक्त घटनाले आफूलाई गम्भीर बनाएको बताएकी छन् ।



    उनले चौधरीको परिवारका लागि तत्काल सरकारले रु १० लाख क्षतिपूर्ति र बालबच्चाको निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गरेकी छन् ।



    शम्भुको परिवारको भविष्यको जिम्मेवारी राज्यले लिनुपर्ने भन्दै उनले शम्भु पत्नीलाई नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरी रोजगारीको समेत व्यवस्था गर्न माग गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार