Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गण्डकीमा ४७ जना कोरोना संक्रमित थप

    गण्डकीमा ४७ जना कोरोना संक्रमित थप

    अनलाइन नेपाल
  • मंगलबार, ३० भाद्र २०७७
  • 2.5K
    SHARES

    कास्की । गण्डकी प्रदेशमा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

    प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ११२ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।



    थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २०, स्याङ्जा १२, तनहुँ नौ, कास्की तीन, गोरखा, लम्जुङ र मनाङका एकरएकजना रहेको निर्देशनालयले जनाएको छ ।



    निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८ जनाको पिसिआर परीक्षण गरिएकामा ४८ जनामा कोरोना पुष्टि भएको छ । परीक्षण गरिएकामध्ये ६२६ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने एकको मृत्यु एवम् ४४ जनाको पुनः पोजेटिभ देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार