काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवको सरुवा गरेको छ।
मन्त्रालय अन्तर्गत रहेका २५ जना उपसचिवको विभिन्न नगरपालिका, जिल्ला समन्वय समिति तथा प्रदेश कार्यालयमा सरुवा गरिएकाे हाे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिवस्तरीय निर्णयबाट २१ जना उपसचिव नगरपालिका सरुवामा छन्।
दुई सयभन्दा बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेपछि मन्त्रालयले कर्मचारी खटाउन थालेको हो । गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उपसचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ।
Leave a Reply