Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोनालाई निष्क्रिय बनाउने औषधि अमेरिकामा पत्ता लाग्यो

    कोरोनालाई निष्क्रिय बनाउने औषधि अमेरिकामा पत्ता लाग्यो

    अनलाइन नेपाल
  • मंगलबार, ३० भाद्र २०७७
  • 3.3K
    SHARES

    एजेन्सी । कोरोनालाई निष्क्रिय बनाउने औषधि अमेरिकामा पत्ता लागेकाे छ। युनिभर्सिटी अफ पिटर्सवर्ग स्कुल अफ मेडिसिनका वैज्ञानिकहरुले कोरोनालाई निस्क्रिय बनाउने उपचारविधि पत्ता लगाएका छन् ।

    उनीहरुले सार्स–कोभ २ भाइरस निष्क्रिय बनाउने निकै सानो बायोलोजिकल कण विश्वविद्यालयमा आइसोलेटेड गरेका छन् । यो एन्टीबडीको तत्त्व पूर्ण आकारको एन्टीबडीभन्दा १० गुणा सानो छ र एबी ८ नाम औषधि बनाउन यसको प्रयोग गरिएको छ । वैज्ञानिकहरुले सेल नामक जर्नलमा प्रकाशित गरेको रिपोर्टमार्फत यो जानकारी बाहिर आएको हो ।



    सार्स–कोभ–२ को सम्भावित रोकथामका लागि यो औषधिलाई महत्त्वका साथ हेरिएको छ । रिपोर्टमा उल्लेख भएअनुसार परीक्षणका दौरान मुसा र ह्याम्स्टर्समा सार्स–कोभ २ रोकथाम र उपचारका लागि यो औषधि निकै प्रभावकारी देखियो । रिपोर्टका अनुसार यो औषधि मानव शरीरमा नरहने भएकाले यसको नकारात्मक असर पनि पर्नेछैन । स्रोत : फक्स न्यूज



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार