Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • दुई कोरोना संक्रमितको मृत्यु

    दुई कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ३० भाद्र २०७७
  • 2.1K
    SHARES

    भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका दुई जना कोरोना संक्रमित मृत्यु भएको छ ।

    वडा नम्बर ७ नगदेशका ८१ वर्षीय पुरुष र मध्यपुर थिमि–५ भुंलाखेलका ७७ वर्षीय पुरुषको सोमबार मृत्यु भएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए।



    उनका अनुसार नगदेशका पुरुषमा एक साताअघि कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसन बसेको र स्वास्थ्यमा समस्या देखिएपछि मेघा अस्पताल लगिएको थियो । तर अस्पतालमा भ्यान्टिलेटर नभएपछि ग्रान्डी अस्पतालमा रेफर गरिएकोमा उक्त अस्पाताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रमुख श्रेष्ठले बताए।



    त्यसै गरी भुंलाखेलका पुरुषमा शुक्रबार मुटुको अपरेसन गर्नुअघि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको र अपरेसनपछि गंगालाल अस्पतालमा सोमबार मृत्यु भएको हो । मृतक दुवैको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार