Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

    लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

    बुटवलको ज्वरो क्लिनिकमा उपचाररत् सिद्धार्थनगर नगरपालिका ५ की ६४ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पालका सूचना अधिकारी डा. विष्णु गौतमले सोमबार बिहान अस्पतालमा भर्ना भएकी उनको दिउँसो साढे २ बजे मृत्यु भएको जानकारी दिए।



    सिकिस्त अवस्थामा अस्पताल आएकी उनको जिन एक्सपर्ट मेसिनमार्फत् पीसीआर परीक्षण गरेर उपचार सुरू गरिएको थियो। उच्च ज्वरो तथा श्वासप्रश्वासको समस्या लिएर आएकी उनको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको डा. गौतमले जानकारी दिए।



    यसअघि कपिलवस्तुका एक पुरूष र एक महिलाको बुटवल र भैरहवामा मृत्यु भएको थियो । बुटवलकै कोरोना विशेष आइसोलेसन अस्पतालमा भर्ना भएका पुरूषको बिहान साढे चार बजे र भीम अस्पतालमा भर्ना भएकी महिलाको आइतबार राति मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार