Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सरकारले नागरिकलाई सहयोगभन्दा उल्टै सास्ती दियाे : गगन थापा

    सरकारले नागरिकलाई सहयोगभन्दा उल्टै सास्ती दियाे : गगन थापा

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले विदेशमा समस्यामा परेका नागरिकलाई सहयोग गर्नुपर्नेमा सरकारले उल्टै सास्ती दिएको आरोप लगाएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा एक भ्लग सार्वजनिक गर्दै नेता थापाले चार्टर फ्लाइटभन्दा महँगो हवाई भाडा तिर्नु परेको भन्दै उनले नेपाल वायु सेवा निगमले उठाइरहेको भाडादर र संक्रमणको समयमा उद्धारको बेलाभन्दा अत्यधिक बढी रहेको बताए ।



    स्वदेश फर्कने नागरिकले चर्को भाडादर बुझाउनु परेपछि सरकारको ध्यानाकर्षण गराउँदै नेता थापाले सामान्य बेलाभन्दा नागरिकप्रति संकटको बेला दायित्व बढ्ने सरकारको ध्यानाकर्षण गराएका छन् ।



    सरकारले बनाएको निर्देशिकाअनुसार कल्याणकारी कोषको खर्च गरी एक जना पनि स्वदेश फर्कने अवस्था नरहेको उनले सुनाए ।

    नेपाल फर्कनका लागि सरकारी निकायले नागरिकलाई पुर्‍याएको सास्ती प्रति उनले आपत्ति जनाए । उनले भने, ‘टिकट काट्न पाएका छैनन्। अनेक दुःख पाएर पनि टिकट काटेपछि घर आउन नपाएपछि आत्महत्यासमेत गरेका घटना आएका छन् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार