Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कुलमान घिसिङ पुन: नियुक्तिकाे पक्षमा उभिँदै कलाकार

    कुलमान घिसिङ पुन: नियुक्तिकाे पक्षमा उभिँदै कलाकार

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 4.8K
    SHARES

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङकाे पुन : नियुक्तिकाे पक्षमा कलाकारहरु देखिएका छन् ।

    प्राधिकरणमा कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल सकेर बाहिरिएका कुलमानलाई पुनः सोही पदमा नियुक्त गर्नुपर्ने पक्षमा हरिवंश आचार्य, करिष्मा मानन्धर, दीपकराज गिरी, केदारप्रसाद घिमिरे, जितु नेपाल, प्रदिप भट्टराइलगायतका कलाकारहरू देखिएका छन् ।



    उनीहरूले कुलमानलाई पुन नियुक्त गर्न माग गरेका छन् । दैनिक १८ घण्टासम्म लोडसेङि भएका बेला प्राधिकरणको कार्यकारी निर्देशकको पद कुलमानले सम्हाले पछि लोडसेडिङ अन्त्य भएको थियो । प्राधिकरणबाट उनी बाहिरिएसँगै कतै पुरानै अवस्था दोहोरिने हो की भन्ने त्रासले कलाकारहरु कुलमानको पक्षमा उभिएका हुन् ।



    प्राधिकरणमा कुलमानलाई पुनः नियुक्तिको माग गर्दै आजबाट हरेक साँझ बेलुकी ८ बजेपछि ५ मिनेट बत्ती निभाएर ऐक्यबद्धता जनाउन कलाकार दीपकराज गिरीले अपिल गरेका छन् ।

    फेसबुकमा उनले लेखेका छन्, “आदरणीय साथीहरु कुलमानजीको पुनः नियुक्तिको लागि जन दबाब स्वरुप आजबाट हरेक साझ आठ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यवद्धता प्रकट गरौं ।”

    निर्देशक प्रदिप भट्टराइले पनि दीपकले जस्तै हरेक दिन आठ बजेपछि ५ मिनेट बत्ती निभाउन आग्रह गरेका छन् । उनी सामाजिक सञ्जालमा फेसबुकमा लेख्छन्, “नराम्रा पटक पटक, राम्रा किन एक पटक ?”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार