Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काठमाडाैं उपत्यकामा थपिए ५१२ काेराेना संक्रमित, ८ जनाको मृत्यु

    काठमाडाैं उपत्यकामा थपिए ५१२ काेराेना संक्रमित, ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१२ जना कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जनालाइ काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको हो ।



    यस्तै काठमाडाैं उपत्यकामा मात्रै ८ जनाको मृत्यु भएको छ । काठमाडौंका ६१ वर्षीया महिला, ६२, ७०, ७३, ७७, ८५ वर्षीय पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।



    यस्तै नेपालमा साेमबार एकै दिन १५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३६० पुगकाे मन्त्रालयले जनाएकाे छ ।

    यसैबीच नेपालमा थप १ हजार १७० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    साेमबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १७० जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार