देशभर १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि, ८७९ जना डिस्चार्ज::Best Online News Portal of Nepal

देशभर १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि, ८७९ जना डिस्चार्ज

देशभर १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि, ८७९ जना डिस्चार्ज

अनलाइन नेपाल
  • सोमबार, भाद्र २९ २०७७

  • 4K
    SHARES

  • देशभर १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि, ८७९ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप १ हजार १७० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    साेमबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १७० जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको मन्त्रालयले जनाएकाे छ ।

    यस्तै बितेको २४ घण्टामा ८७९ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३६० पुगेको छ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार