Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अबैध धन्दाबिरुद्द एसपी रानाको कडाइ , १० किलो अफिमसहित दुई जना पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले १० किलो लागुऔषध अफिमसहि दुई जनालाई पक्राउ गरेको छ ।

दाङबाट बाँकेको कुसुम नाका हुँदै अवैध लागुऔषध ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज बिहान करीब ६.३० मिनेटमा कुसुम बजारबाट उनीहरुलाई पक्राउ गरेको बाँकेका प्रहरी उपरीक्षक (एसपी ) ओमबहादुर रानाले जानकारी दिए  ।

पक्राउ पर्नेमा पूर्वी रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका–८ का ५३ वर्षीय धनबहादुर सेन र दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय वसन्त घर्तीमगर रहेका छन् ।

उनीहरुलाई जाँच गर्ने क्रममा अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रानाले जानकारी दिए । उनीहरुबाट झोलाभित्र प्लास्टिकमा राखिएको अवस्थामा एक केजीका दरले बनाइएका १० वटा अफिमका पोका बरामद भएको थियो ।

गोप्य सूचना पाएपछि प्रहरी आफै व्यवसायी बनेर खरिद गर्ने गरि बार्गेनिङ गर्न दाङ घोराही आइपुगेको थियो । रोल्पा हुँदै दाङको घोराहीबाट अफिमसहित २ जना आइरहेको भन्ने गोप्य सूचनाअनुसार उनीहरुलाई पक्राउ गरिएसपी एसपी रानाले थप उल्लेख गरे ।

 जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनमार्फत लागुऔषध अफिमसहित उनीहरुलाई सार्वजनिक गरेको छ । लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ (छ) को उपदफा (३) बमोजिम १५ वर्षदेखि जन्मकैद र रु पाँच लाखदेखि रु २५ लाखसम्म जरिवाना हुनसक्ने कानूनी प्रावधान रहेको प्रहरी उपरीक्षक रानाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077