Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कपिलवस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु

    कपिलवस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 2.8K
    SHARES

    फाइल तस्बिर

    कपिलवस्तु । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ ।

    कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।



    गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा यही भदौ २१ गते मिर्गौलाको डायलिसिस गराउन आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा लगिएको थियो । सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो ।



    कोरोना विशेष अस्थायी अस्पतालको सघन उपचार कक्षमा १७ र भेन्टिलेटरमा एक जना कोरोना सङ्क्रमितको उपचार भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार