Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • चितवनमा रसायनिक मलमा कालोबजारी, चार जना पक्राउ

    चितवनमा रसायनिक मलमा कालोबजारी, चार जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 2.9K
    SHARES

    चितवन । रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले मलमा कालोबजारी गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सहकारीका चार जनाले कालोबजारी गरेको भन्दै जनही १० हजार रुपैयाँ जरिवानासमेत गरेको छ ।

    सहकारीले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ३ विपरीत कसुर गरेको ठहर स्थानीय प्रशासनको छ । त्यसैले सहकारीमा खोलिएको अवस्थामा रहेको एक हजार ५० किलोग्राम र नखोलिएको ३० बोरा युरिया मल जफत गर्ने निर्णयसमेत गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।



    सरकारबाट अनुदानमा मल लिएर किसानलाई बढी शुल्कमा बेचिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि जिल्ला प्रहरी कार्यालय चितवनले सहकारीका व्यवस्थापक विनोद अधिकारीसहित चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा खरिद बिक्री उपसमितिका संयोजक रामकृष्ण तिमिल्सिना, सदस्यद्वय निर्मला घिमिरे र मायानाथ अर्याल थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार