Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कहिले खुल्छ आन्तरिक उडान ? सरकारको कुतर्कले व्यबसाय नै चौपट !

    कहिले खुल्छ आन्तरिक उडान ? सरकारको कुतर्कले व्यबसाय नै चौपट !

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 4.8K
    SHARES

    काठमाडौं। लकडाउनका कारण  बन्द रहेको  आन्तरिक उडान असोजको दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन सरकारले तयारी थालेको छ । अहिले अन्तर्राष्ट्रियतर्फको उद्धार र व्यावसायिक उडान खोलिए पनि आन्तरिकतर्फ भने कोरोना संक्रमण फैलन नदिन भन्दै बन्द गरिएको छ ।

    अहिले अधिकांश व्यबसाय खुलिसकेको र बिभिन्न जिल्लाहरुमा समेत लकडाउन खुला भएको अवस्थामा आन्तरिक उडान रोक्न नहुने व्यबसायीहरु नै वताउंछन्।



    सिएमसीको बैठकले राजधानीसहित देशभर महामारीको संक्रमण बढ्दै गएको निष्कर्षसहित हवाई उडान खोल्ने तिथि सार्न सरकारलाई सुझाव दिँदै आएको थियो । अब भने आन्तरिकतर्फको उडानसमेत निश्चित मापदण्डको आधारमा खोल्न सरकारलाई दबाब थपिँदै गएको  छ ।



    असअघि पनि सरकारले हवाई उडान भर्न विभिन्न निजी विमान कम्पनीलाई अनुमति दिइसकेको र विमान कम्पनीहरूले टिकटसमेत बेचिसकेकाले उडान र यात्रु संख्या तोकेर सेवा सञ्चालनको तयारीमा सरकार रहेको छ ।

    यातायात व्यवसायीसमेत लामो दुरीका सार्वजनिक सवारी सञ्चालनको तयारीमा पुगिसकेको अवस्थामा हवाई उड्डयन निर्देशिका अनुसार उच्च स्वास्थ्य सतर्कता अपनाउँदै सेवा सञ्चालनमा ल्याउनुपर्ने भन्दै वायुसेवा कम्पनी र पर्यटन व्यवसायी दैनिकजसो मन्त्रालयमा धाइरहेका छन्  ।

    स्वास्थ्य मापदण्डसहित देशभरका विमानस्थल उडानका लागि तयार रहेको अवस्थामा आन्तरिक उडान रोक्न नहुने व्यबसायीहरुले वताउँदै आएका छन्  ।

    विदेशबाट चार्टर्ड तथा नियमित उडान जारी राख्न हुने तर स्वदेशी उडान हुनै नदिनु सरकारको मनपरी नै भएको हवाई व्यवसायी वताउँछन्। हवाई कम्पनीहरूले टिकटसमेत बुकिङ गरिसकेकाले उडान संख्या कटौती गरेरै भए पनि सेवामा फर्कने वातावरण बन्न आवश्यक रहेको उनीहरुको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार