Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • डेरावालको हत्या अभियोगमा प्रेमकृष्णका दुई छोरा पनि पक्राउ

    डेरावालको हत्या अभियोगमा प्रेमकृष्णका दुई छोरा पनि पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 6.2K
    SHARES

    फाइल तस्विर

    काठमाडाैं । आफ्नै घरमा डेरा गरी बस्ने व्यक्तिको हत्या गरेको अभियोगमा थप दुई जना पक्राउ परेका छन् । काठमाडौंको कीर्तिपुर ७ भाजंगलमा प्रेमकृष्ण महर्जनको घरमा डेरागरी बस्ने भारतको बिहारका ४२ वर्षीय शम्भु महत्तोको कुटपिटबाट मृत्यु भएको थियो ।

    घरघनी प्रेमकृष्ण महर्जनसँग पानी थाप्ने विषयलाई लिएर सामान्य विवाद हुँदा महर्जनले शम्भु महतोलाई ढोकामा लगाउने काठको आग्लोले प्रहार गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिं राठौरले बताए ।



    आग्लो प्रहारबाट घाइते भएका महतोलाई उपचारको लागि किर्तिपुर अस्पताल लगिएकोमा शुक्रबार दिउँसो ज्यान गएको थियो। प्रेमकृष्ण महर्जनलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो ।



    उनका दुई छोराहरु परमेश्वर महर्जन र प्रमोद महर्जनलाई पनि पक्राउ गरिएको एसपी राठौरले बताए। घटनामा उनीहरुको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार