Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • रेष्टुरेण्टबाट रेडपाण्डाको छाला बरामद, ४ जना पक्राउ

    रेष्टुरेण्टबाट रेडपाण्डाको छाला बरामद, ४ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 3.7K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । रेडपाण्डाको छालासहित बाँकेबाट ४ जना पक्राउ परेका छन् ।

    बैजनाथ गाउँपालिका-१ गाभरस्थित डेनियल कटेज एण्ड रेष्टुरेण्टबाट आइतबार बिहान रेडपाण्डाको छाला १ थानसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।



    रेष्टुरेण्टमा अवैध रुपमा जंगली जनावरको छाला ल्याई लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा बाँकेबाट खटिएको प्रहरीको टोलीले रेडपाण्डाको छालासहित सुर्खेतकाे भेरी गंगा नगरपालिका-१२ छिन्चु बस्ने ३६ वर्षीय देवबहादुर बाठासहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।



    उनीहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकल समेत बरामद गरेकाे र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार