Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रेष्टुरेण्टबाट रेडपाण्डाको छाला बरामद, ४ जना पक्राउ

काठमाडौं । रेडपाण्डाको छालासहित बाँकेबाट ४ जना पक्राउ परेका छन् ।

बैजनाथ गाउँपालिका-१ गाभरस्थित डेनियल कटेज एण्ड रेष्टुरेण्टबाट आइतबार बिहान रेडपाण्डाको छाला १ थानसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

रेष्टुरेण्टमा अवैध रुपमा जंगली जनावरको छाला ल्याई लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा बाँकेबाट खटिएको प्रहरीको टोलीले रेडपाण्डाको छालासहित सुर्खेतकाे भेरी गंगा नगरपालिका-१२ छिन्चु बस्ने ३६ वर्षीय देवबहादुर बाठासहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकल समेत बरामद गरेकाे र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077