Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पीसीआर परीक्षण शुल्क घट्यो, अब २ हजार बढी लिन नपाइने

    पीसीआर परीक्षण शुल्क घट्यो, अब २ हजार बढी लिन नपाइने

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 4.5K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएकोमा अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको हो ।

    आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरस लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी दिए ।



    सरकारको यो निर्णयसँगै अब निजी तथा सशुल्क परीक्षणका लागि तोकिएको ल्याबहरुले २ हजार भन्दा बढी शुल्क लिन पाउने छैनन् । यसैबीच पीसीआर परीक्षण गर्दा शुल्क नलिन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।



    कोरोना संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण निशुल्क गराउन माग गर्दै दायर गरिएकाे रिटमा सरुवा रोगको उपचार निशुल्क पाइने जनस्वास्थ्य सेवा ऐनको दफा ३ को उपदफा ४(ग) मा प्रष्ट व्यवस्था भएको उल्लेख छ । रिट निवेदनको पेशी भदौ ३० गतेका लागि तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार