Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काठमाडौंमा ४८३ सहित उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित

    काठमाडौंमा ४८३ सहित उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 3.2K
    SHARES

    तस्विर गुगल

    काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप ५९७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

    आइतबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी जम्मा ५९७ संक्रमित थपिएका हुन् ।



    यस्तै बितेको २४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।



    नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या  ३४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार