Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • निशुल्क पीसीआर परीक्षणकाे माग गर्दै सर्वोच्च अदालतमा रिट

    निशुल्क पीसीआर परीक्षणकाे माग गर्दै सर्वोच्च अदालतमा रिट

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 4.7K
    SHARES

    काठमाडाैं । पीसीआर परीक्षण गर्दा शुल्क नलिन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

    कोरोना संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण निशुल्क गराउन माग गर्दै दायर गरिएकाे रिटमा सरुवा रोगको उपचार निशुल्क पाइने जनस्वास्थ्य सेवा ऐनको दफा ३ को उपदफा ४(ग) मा प्रष्ट व्यवस्था भएको उल्लेख छ ।



    ‘संविधान र कानुनले गरेको व्यवस्थाविपरीत शुल्क लिन दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय उत्प्रेषणको आदेशले बदर, खारेजी गरी निशुल्क परीक्षण गर्नु/गराउनु भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा परमादेश जारी गरी पाउँ,’ आइतवार दायर गरिएकाे रिटमा भनिएको छ ।



    स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणका लागि गरिने पीसीआरको शुल्क तोकेको थियो । परीक्षणका लागि शुल्क तोकिनु संविधान र जनस्वास्थ्य सेवा ऐनको प्रतिकूल हुने भन्दै रिट दायर गरिएको हो । रिट निवेदनको पेशी भदौ ३० गतेका लागि तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार