Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ससुरालीमै ज्वाइँको हत्या, ससुरासहित पाँच जना पक्राउ

    ससुरालीमै ज्वाइँको हत्या, ससुरासहित पाँच जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 4.5K
    SHARES

    बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ज्वाइँको हत्या गरेकोअभियोगमा ससुरासहित पाँच जना पक्राउ परेका छन्।

    नेपालगञ्ज उपमहानगरपालिका-१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या भएको हो । उनको हत्याको अभियोगमा ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमारसहित पाँच जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।



    श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएका थिए । कुटाइ र विषादीको कारण गम्भीर घाइते भएका उनको नर्सिंङहोम नेपालगञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।



    घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार