Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चितवनमा काेराेना संक्रमित वृद्धाको मृत्यु

    चितवनमा काेराेना संक्रमित वृद्धाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 3.4K
    SHARES

    फाइल तस्बिर

    चितवन । होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जानकारी दिए । उनको आज बिहान ६ बजे मृत्यु भएको हो ।



    दीर्घ रोगी उनको भदौ ११ गते नमूना सङ्कलन गरिएको थियो । भदौ १५ कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेकी थिइन् । यसअघि खैरहनी नगरपालिकामा १०८ वर्षीया वृद्धाको घरमै मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो ।



    यससँगै जिल्लाका कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार