Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भीम रावल भन्छन् - एमसीसी पारित गराउन लागेका दलालहरूले कुप्रचार गरे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले एमसीसीबारे आफूविरुद्धको प्रचारको विरोध गरेका छन् । उनले आफूल बोल्दै नबोलेका कुरा प्रचार गरेकोमा आपत्ति जनाएका हुन् ।

नेता रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्छ भनेर नभनेको स्पष्ट पारेका छन् । आज (शनिबार) रावलले ट्वीटरमा लेखेका छन्, ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् ।’

रावलले लेखेका छन्, ‘यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन ।’

शुक्रबार सम्पन्न नेकपा स्थायी कमिटी बैठकमा रावलले एमसीसी पारित गर्नुपर्ने अभिव्यक्ति दिएका समाचारहरु आएका छन् ।

यद्यपि रावलले सुरुदेखि नै एमसीसी हुबहु पारित गरे राष्ट्रघात हुने भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने अडान राख्दै आएका छन् ।

नेकपाको स्थायी कमिटीको बैठकले पनि एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077