Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चिनियाँ सेनाले ‘जासूस’ भन्दै कब्जामा लिएका पाँच तिब्बती मुलका भारतीय नागरिक रिहा

    चिनियाँ सेनाले ‘जासूस’ भन्दै कब्जामा लिएका पाँच तिब्बती मुलका भारतीय नागरिक रिहा

    अनलाइन नेपाल
  • शनिबार, २७ भाद्र २०७७
  • 2.6K
    SHARES

    नयाँ दिल्ली । अरुणाञ्चल प्रदेशको सीमा क्षेत्रबाट हराएका भारतीय नागरिकलाई चिनियाँ सेनाले शनिबार बिहान जिम्मा लगाएको हो ।

    चिनियाँ सेनाले भारतीय अधिकारीलाई आफ्नो क्षेत्रमा बोलाएर ती नागरिक जिम्मा लगाएको सैनिक स्रोतको हवला गर्दै एनडीटीभीले जनाएको छ।



    ‘चिनियाँ जनमुक्ति सेनाले अरुणाञ्चल प्रदेशका युवाहरू भारतीय सेनालाई सम्पिने निश्चित गरेको छ’, केन्द्रीय मन्त्री किरण रिजिजूले शुक्रबार ट्वीटर मार्फत् भनेका थिए, ‘उक्त कार्य भोलि सेप्टेम्बर १२ मा जुनसुकै समय भनिएको स्थानमा हुनेछ।’



    सेप्टेम्बर १ देखि हराइरहेका ती पाँचै जना शिकारी भएको भारतीय सेनाले वक्तव्य जारी गर्दै बताएको छ।

    अरुणाचल प्रदेशको सिमानामा अपहरित भारतीयलाई चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्सले ‘जासूस’ भनेको छ । यसभन्दा पहिले चिनियाँ सेनाले अरुणाचल प्रदेशमा बस्ने ५ जनालाई अपहरण गरेको आरोप लगाइएको थियो।

    ग्लोबल टाइम्सले सूत्रहरूको उद्धृत गर्दै भनेको छ कि त्यहाँ पाँच जना भारतीय गुप्तचर कर्मचारी अपहरणमा परेका थिए । अखबारले दाबी गरेको छ कि यी मानिसहरूले तिब्बत क्षेत्रमा सीमा पार गरेका थिए।

    ग्लोबल टाइम्सका अनुसार भारतीय पक्षले चीनको बारेमा जानकारी लिन प्राय: त्यस्ता उपायहरू गर्ने गर्दछ।

    स्रोतलाई उद्धृत गर्दै अखबारले लेखेको छ कि चिनियाँ पक्षले उनीहरूलाई पक्राउ गरी, चेतावनी दिए र उनीहरूलाई ‘शिक्षित’ बनाए। ग्लोबल टाइम्सका अनुसार हालका वर्षहरूमा भारतले चीन सीमामा आक्रामक अडान लिएको छ। यस कारणले चीन आफ्नो सिमा अझ सुदृढ पार्न चुनौती भइरहेको छ। दुई देशहरूबीच धेरै लामो सीमा छ जहाँ सुरक्षाकर्मी खटाइएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार