Online Nepal
  • बिहिबार, २० मंसिर २०८१
  • भक्तपुर घटना : श्रीमती र छोराको हत्यापछि विष सेवन गरी अधिकारीद्वारा आत्महत्या

    भक्तपुर घटना : श्रीमती र छोराको हत्यापछि विष सेवन गरी अधिकारीद्वारा आत्महत्या

    अनलाइन नेपाल
  • शनिबार, २७ भाद्र २०७७
  • 4.5K
    SHARES

    काठमाडौं ।  प्रहरीले भक्तपुरकाे मध्यपुर थिमी नगरपालिकामा तीन जनाको शव भेटिएको घटनाको रहस्य  लगभग पत्ता लगाएको छ। मध्यपुर थिमी नगरपालिका–९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सम्झना र छोरा सुशान्त मृत अवस्थामा भेटिएका थिए।

    घटनाको बिषयमा केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी), महानगरिय अपराध महाशाखा र भक्तपुर परिसरले अनुसन्धान गरिरहेका छन्।



    प्रहरी अनुसन्धान स्रोतका अनुसार श्रीमती र छोराको हत्यापछि  सुदिप अधिकारीले आत्महत्या गरेको अन्तिम निस्कर्शमा प्रहरी पुग्न लागेको  छ।



    पहिला दुई जनाको सुतेकै अवस्थामा हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको प्रहरी अनुसन्धान स्रोतले थप उल्लेख गर्‍यो ।

    पहिलो तलामा छोरा सुशान्त र दोस्रोमा  पत्नी सम्झनाको शव भेटिएको थियो  । भित्तामा समेत रगतको छिर्का देखिएको र फरेन्सिक विज्ञसहितको टोलीबाट जाँचबुझ गर्दा दुवै जनाको टाउकोमा गहिरो चोट देखिएको प्रहरी स्रोतको भनाइ छ ।

    त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीबाट थप रिपोर्ट आएपछि यसबारेमा प्रस्ट हुने स्रोत वताउँछ।

    सुदीपले धारिलो हतियार प्रयोग गरेर पत्नी –छोराको हत्या गरेको हुन सक्ने  देखिन्छ ।  शुक्रबार साँझ सुदीपका भाईले प्रहरीलाई खबर गरेपछि सिआइबी,भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली अपराधस्थलमा पुगेको थियो ।

    अन्तिम तलामा मृत भेटिएका सुदिपको शरीरमा कुनै  चोटपटक नभएको,  शव पनि जस्ताको तस्तै रहेको र भान्सामा विषको जस्तो गन्ध आएको हुँदा उनले शुरुमा दुबै जनाको हत्या गरि पछी आत्महत्या गरेको प्रहरी अनुसन्धान स्रोतको भनाइ छ।

    त्यस्तै भ-याङमा मृत भेटिएको कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार