Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • चितवन, रूपन्देही र माेरङमा थप एक/एक जना काेराेना संक्रमितकाे मृत्यु 

    चितवन, रूपन्देही र माेरङमा थप एक/एक जना काेराेना संक्रमितकाे मृत्यु 

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 2.4K
    SHARES

    फाइल तस्बिर

    काठमाडाैं । चितवन, रूपन्देही र माेरङमा थप एक/एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

    भरतपुरको सरकारी अस्पतालमा शुक्रबार साँझ राप्ती नगरपालिका–५ बस्ने ६१ वर्षीय पुरुषको शुक्रबार साँझ सात बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनमा भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उच्च ज्वरो, श्वासप्रश्वास र खोकीको समस्या बढेपछि भदौ २५ गते भरतपुर अस्पताल भर्ना भएका थिए ।



    यस्तै रूपन्देहीकाे देवदह नगरपालिका-६ निवासी ६० बर्षिय पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले दिएको जानकारी अनुसार उनको शुक्रबार साँझ ५:३७ बजे उपचारको क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि आजै मात्रै अस्पताल भर्ना भएकाे उनको पीसीआर परिक्षण गर्दा पोजेटिभ देखिएको थियो ।



    उता माेरङकाे ग्रामथान गाउँपालिका–२ कि ७० वर्षीया वृद्धाको विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा  मृत्यु भएको छ ।

    उपचार केन्द्रका प्रमुख वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलका अनुसार शुक्रबार ४ः३० बजे वृद्धाको मृत्यु भएको हो । वृद्धालाई बिहीबार संक्रमण पुष्टि भएको र स्वास्थ्यमा समस्या थपिएपछि राति नै कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार