Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • घरधनीकाे आग्लो प्रहारबाट एक जनाकाे मृत्यु

    घरधनीकाे आग्लो प्रहारबाट एक जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 3.8K
    SHARES

    प्रतिकात्मक तस्विर

    काठमाडाैं । घरधनीकाे आग्लो प्रहारबाट काेठा भाडामा बस्ने एक व्यक्तिकाे मृत्यु भएकाे छ ।

    बारा कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको घरको सुरक्षाका लागि प्रयोग गरिने आग्लोले हिर्काएर हत्या भएको प्रहरीले जनाएकाे छ ।



    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले दिएकाे जानकारी अनुसार कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा चौधरीलाई आग्लोले हिर्काएर हत्या गरेका थिए ।



    हत्या आरोपमा महर्जनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार