Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित

    विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 4.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरी कुलमान घिसिङलाई नै नियुक्त गर्ने तयारी गरेकाे छ ।

    ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारेको स्राेतले जानकारी दियाे । अब आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले ऊर्जामन्त्रालयकाे प्रस्तावमा प्राधिकरणको कार्यकारी निर्देशकमा फेरी कुलमान घिसिङलाई नै नियुक्त गर्नेछ ।



    स्रोतका अनुसार कुलमानलाई फेरि नियुक्ति गर्ने पक्षमा नरहेका प्रधानमन्त्री केपी ओली समेत अहिले राजी भइसकेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलपछि उनी कुलमानलाई नै नियुक्र गर्न राजी भएका हुन् ।



    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिँदै छ । लोडसेडिङबाट आक्रान्त जनतालाई लोडसेडिङ अन्त्य गराएर उज्यालो दिएका घिसिङको पक्षमा अहिले आम जनता उभिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार