Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काठमाडाैंमा ६२० सहित उपत्यकामा एकै दिन थपिए ६९६ कोरोना संक्रमित

    काठमाडाैंमा ६२० सहित उपत्यकामा एकै दिन थपिए ६९६ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जनामा कोरोना संक्रमण प्रष्टि भएकाे छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ६२०, ललितपुरमा र भक्तपुरमा ३८ / ३८ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएको छ ।



    पछिल्लो २४ घण्टामा देशभर १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४५४ जनामा संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् । यस्तै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३२२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार