Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • औषधी र आराेग्य विज्ञान दुबै भएकाले आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्न मिल्दैन : प्रधानमन्त्री ओली

    औषधी र आराेग्य विज्ञान दुबै भएकाले आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्न मिल्दैन : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • बिहिबार, २५ भाद्र २०७७
  • 4.4K
    SHARES

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले औषधी र आराेग्य विज्ञान दुबै भएकाले आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्न नमिल्ने बताएका छन् ।

    काेभिड- १९ काे उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै प्रधानमन्त्री ओलीले आयुर्वेदिक नेपालकाे माैलिक चिकित्सा प्रणाली रहेकाे र निराेगी नेपाल निर्माण अभियानमा यसकाे असाधारण भूमिका रहने स्पष्ट पारेका प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।



    आयुर्वेदभित्रै याेगा पनि पर्ने बताउदै उनले भने आयुर्वेद खासमा औषधी र आराेग्य विज्ञान दुबै हाे । मेशीनहरू एलाेपेथिक नभएकाे प्रष्ट पार्दै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्याेगिकरणकाे प्रक्रिया मिसाउनुपर्ने आवश्यकता रहेकाे प्रधानमन्त्री ओलीकाे भनाइ थियाे ।



    आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले याेगमाया विश्वविद्यालय स्थापना गरेकाे र यसमार्फत भविष्यमा सिंगाे विश्वकाे ध्यानाकर्षण गरी आयुर्वेद र याेगाकाे विकास गर्ने लक्ष राखिएकाे उनकाे दावी थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार