Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काेराेनाबारे भ्रम फैलाउने २ जना पाेखराबाट पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय कास्कीले काेराेना भाइरस सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा पर्वतकाे मोदी गाउपालिका-७ घर भई हाल कास्कीकाे पोखरा महानगरपालिका-५ बस्ने २९ बर्षका ईश्वर रिमाल र चितवन भरतपुर महानगर-४ घर भई हाल कास्की पोखरा महानगर-९ नयाँबजार बस्ने २२ वर्षका निरज लम्साल रहेका छन् ।

उनीहरूले प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट गरिएकाे आफ्नो पीसीआर परीक्षण रिपोर्ट उलटपुलट गरी सामाजिक सञ्जालमा पाेष्ट गरी झुट्टा अफवाह फैलाएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनकाे म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077