Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • काठमाडौं बाहिर जान गन्तव्य स्थानको सिफारिस अनिवार्य

    काठमाडौं बाहिर जान गन्तव्य स्थानको सिफारिस अनिवार्य

    अनलाइन नेपाल
  • बिहिबार, २५ भाद्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका प्रवेश तथा आवतजावतको प्रावधानमा थप कडाई गर्ने भएकाे छ ।

    तीन हप्ता लामाे निषेधाज्ञा बिहीबारदेखि खुकुलो भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंबाट बाहिर जान सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस पत्र अनिवार्य हुनुपर्ने जनाएकाे छ ।



    यस्तै सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र, अत्यावश्यक काम खुल्ने कागजात, तोकिएको निवेदन आवश्यक पर्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा बिहीबार जारी सूचनामा उल्लेख छ । सवारी सहजीकरण पत्र लिन सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुनुपर्नेछ ।



    मृत्यु संस्कार, कर्मचारीको सरुवा, विदेश जाने व्यक्तिहरू लगायत अत्यावश्यकीय कामका लागि मात्रै आवतजावतमा सहजीकरण गरिने प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार