Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • काठमाडाैं उपत्यकामा एकैदिन थपिए ५७२ कोरोना संक्रमित

    काठमाडाैं उपत्यकामा एकैदिन थपिए ५७२ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, २५ भाद्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लाे २४ घण्टामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    काठमाडौंमा मात्रै ४९५ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन तीनजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौंका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।



    यसैबीच नेपालमा थप १२ सय ४६ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार नाघेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार