Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना पुष्टि

    सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २५ भाद्र २०७७
  • 3.5K
    SHARES

    सिरहा । सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएकाे छ। बुधबार कोरोना पुष्टि भएका ६७ जनामध्ये ५९ जना कैदीबन्दी रहेका छन् । बाँकी सात जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीय छन् ।

    उनीहरूको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । पछिल्लो ३ दिनमा सिरहामा १ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।



    यससँगै सिरहामा सक्रिय संक्रमितको संख्या २ सय ६५ पुगेको छ । हालसम्म ३ सय ५५ जना निको भएर घर फर्किसकेका छन् । १० जनाको कोरोनाले मृत्यु भइसकेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार