Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ जहाज खरिद गर्न नेपाल वायुसेवालाई पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई नयाँ जहाज खरिद गर्ने प्रक्रियाअघि बढाउन निर्देशन दिएका छन् ।

बुधबार मन्त्रालयमा निगमका पदाधिकारीहरुसँग भएकाे छलफलमा मन्त्री भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउने आन्तरिक उडान तर्फ जहाज कम भएको भन्दै थप जहाज खरिद गर्ने गरी योजना तत्काल अघि बढाउन निगमलाई निर्देशन दिए ।

योसँगै नेपाल एयरलाइन्सलाई अब चिनियाँ जहाज थन्काएर नयाँ जहाज किन्ने बाटो खुलेको छ । त्यसो त हाल आन्तरिक उडान तर्फ निगमसँग चार वटा मात्र जहाज रहेकोमा त्यसमा पनि (चिनियाँ जहाज बाहे)का दुई वटा टुइनअर्टर जहाज मात्र संचालनमा छन् ।

विग्रिएर ग्राउण्डेड भएका चिनियाँ जहाज यसअघिनै अब नउडाउने निर्णय भइसकेको छ । हाल संचालनमा रहेका दुई वटा टुइनअर्टर जहाजसमेत चार दशक पुराना भएका कारण धेरैजसो समय ग्राउन्डेड हुने गरेकाले यी जहाजले मात्र आन्तरिक उडानको माग धान्न नसक्ने मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077